संखुवासभा । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका २ बितलब बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको संखुवासभा प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरी चौकी धुपु र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


