काठमाण्डौं । आईसीसी टी ट्वेन्टी विश्वकप छनोटअन्तर्गत आज नेपाल फिलिपिन्ससँग भिड्दैछ । पहिलो खेलमा ओमानलाई हिजो ३९ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जितको अपेक्षासहित मैदानमा उत्रन लागेको हो ।
फिलिपिन्स जोनाथन हिल्सको कप्तानीमा मैदानमा उत्रनेछ भने यता नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।
ब्याटिङमा फितलो प्रदर्शन गरे पनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले हिजो ओमानलाई हराएको थियो । जित संगै नेपालले २ अंक जोडेको छ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ । खेल नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुनेछ ।



