काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ४३७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ९ हजार ९१ जनाको नमूना परिक्षणका क्रममा शुक्रबार थप ४३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये ५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परिक्षण गर्दा १६२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १३ हजार ५४४ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप २ हजार ५५४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ४८ हजार ७८४ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १४ हजार ४३५ जना सक्रिय संक्रमत रहेका छन् ।





















