काठमाण्डौं । काठमाण्डौं महानगरपालिका १३ रबि भवन घर भई कीर्तिपुर नगरपालिका ६ चोभार पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई आफ्नै २ छोराले कुटपिट गरी हत्या गरेका छन् ।
कुटपिटबाट गंभिर घाईते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भए लगत्तै २ छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवैलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको छ ।


