धादिङ । धादिङको कालुपाण्डे सडक खण्डमा मोटरसाइकलको ठक्करबाट पूर्व प्रहरी निरिक्षको मृत्यु भएको छ ।
सिद्धलेक गाउँपालिका १ बुङचुङस्थित कालुपाण्डे सडकखण्डमा बा. ३४ प ५०५२ नम्बरको मोटरसाइकलको ठक्करबाट पूर्व प्रहरी निरीक्षक ५० वर्षीय मुक्तिप्रसाद सिग्देलको घटनास्थलमै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
घटनामा संलग्न मोटरसाइकल चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


