दाङ । घरायसी विवादमा दाङको खानिगाउँमा बुहारी मिलेर सासुको हत्या गरेकी छिन् । फागुन ४ गते घोराही उपमहानरपालिका १९ खानिगाउँकी वसन्ती घर्तीले आफ्नी सासू ५५ वर्षीया इन्द्रकुमारी घर्तीको टाउकोमा मुङ्ग्रोले प्रहार गरेर हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार मुङ्ग्रोले टाउकोमा हिर्काउँदा अचेत भएकी आफ्नी सासुलाई छिमेकी २२ वर्षीय दुर्गा घर्तीको सहयोगमा नजिकैको खोल्सामा फालेकी थिईन ।
प्रहरीले इन्द्रकुमारीको शव फागुन ५ गते बिहान खोल्सामा रक्ताम्मे अवस्थामा फेला पारेको थियो । प्रहरीले मुङ्ग्रोले हान्ने बुहारी र सहयोगी छिमेकीलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ ।


