काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहको छोराको विवाहमा सहभागी भएका छन् । सिंह पुत्र भास्करमानको विवाह समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन् ।
प्रकाशमानका प्रेस संयोजक युपी लामिछानेका अनुसार प्रधानमन्त्री देउवा केहीबेर विवाह समारोहमा सहभागी भएर फर्किएका छन् । उनले भास्करमानलाई बधाई दिएर फर्किएका हुन् ।
विवाह समारोहमा सहभागी हुन कांग्रेसका शीर्ष नेताहरू शशांक कोइराला, प्रवक्ता डा.प्रकाशसरण महत, विमलेन्द्र निधिलगायत तथा गृहमन्त्री बालकृण्ण खाडको समेत चाक्सिबारी पुगेका थिए ।।


