काठमाण्डौं । काठमाण्डौं महानगरपालिका १६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाण्डौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका १२ घर भएका २८ वर्षीय पृथ्वीप्रसाद साह, रौतहट राजपुर नगरपालिका ३ घर भएका २७ वर्षीय मोहम्मद मुसरफ अली, रौतहट राजपुर नगरपालिका ६ घर भएका ३० वर्षीय असरफ अली सहिद र रौतहट गौर नगरपालिका ९ घर भएका २८ वर्षीय महमद शम्साद आलम रहेको महानगरीय अपराध महाशाखा प्रहरीले जनाएको छ ।
उक्त स्थानमा नक्कली नोटको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीको टोलीले उक्त परिमाणको नक्कली नेपाली नोट सहित उनीहरुलार्य पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुका सम्वन्धमा र नक्कली नोटका सम्वन्धमा अनुसन्धान भइरहेको उक्त महाशाखाले जनाएको छ ।



