विराटनगर । धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा फेला परेको झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ ।
आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पुरुषको जस्तो देखिने टाउकोको पहिचान खुल्न नसकेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटनाको गहन अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।




















