काठमाण्डौं । काठमाण्डौंको बालाजुमा आज टयाक्टरबाट खस्दा १ जना भारतीयको मृत्यु भएको छ ।
काठमाण्डौं महानगरपालिका १६ बालाजुस्थित सडकमा ना. ७ त ३८९९ नम्बरको ट्याक्टरबाट लडेर भारत सीतामढी बस्ने ५० वर्षीय लक्ष्मी साहको बुधबार मृत्यु भएको छ ।
ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिरहेको प्रहरीेले जनाएको छ ।


