दाङ । दाङको चिराघाटमा आफ्नै छोराले बुवाको चक्कुले रेटेर हत्या गरेका छन् ।
शान्तिनगर गाउँपालिका ३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्णबहादुर मगरको उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरले चक्कुले घाँटी रेटेर हत्या गरेको दाङ प्रहरीले जनाएको छ ।
चक्कुले घाँटी रेटी हत्या गरेको खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुर र प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीको टोलीले गोपाललाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


