काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६३९ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ९ हजार ७५६ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ६३९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
बुधबार संक्रमण देखिएका मध्ये ६ हजार ७८२ जनाको पिसिआर गर्दा ५४८ जना र २ हजार ९७४ जनाको एन्टिजेन परिक्षण गर्दा १८५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख १२ हजार ५३७ जना पुगेको छ ।
बुधबार नै देशैभर थप १ हजार ६०० जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ४४ हजार ३३७ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ३ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०५ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १८ हजार २५१ जना सक्रिय संक्रमत रहेका छन् ।



