काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ७ हजार १५१ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ३ हजार ६५२ जना, भक्तपुरमा १ हजार ५ जना र ललितपुरमा २ हजार ४९४ जना संक्रमित रहेका छन् ।
नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या घटेर १८ हजार २५१ जनामा झरेको छ ।





















