काठमाण्डौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा काठमाण्डौंको वानेश्वर क्षेत्र अहिले रणमैदानमा परिणत भएको छ । प्रदर्शनका क्रममा २ जना प्रहरी र प्रहरीको सवारीमा प्रर्दशनकारीले क्षति पुरयाएको छ ।
सुरक्षाका लागी ४ हजार नेपाल प्रहरी र १ हजार ५०० शसत्र प्रहरी खटिएको सुरक्षा श्रोतले जनाएको छ । प्रर्दशनकारीले ससद भवन तिर जाने प्रयास गरेको पछि प्रहरीले पानीको फोहोरा र अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रर्दशनकारीले सुरुक्षा घेरा तोडेर बानेश्वर चोक पुग्ने प्रयासलाई भने असफल पारेको थियो । चोक र गल्लीमा बसेका प्रर्दशनकारीले प्रहरी माथि ढुङ्गा प्रहार गरीरहेको छ ।
यसैबीच नेपाल मजदूर किसान पार्टीले पनि एमसीसीको विरोधमा सिभिल अस्पतालअगाडि प्रदर्शन गरेको छ । अत्याधिक सङ्ख्यामा विद्यार्थीहरू उपस्थित गराई नेमकिपाले विरोध सभा गरिरहेको छ ।
प्रर्दशनको क्रममा अनेरास्ववियूका नेता विप्लव खड्का घाइते भएको जानकारी प्राप्त भएको छ ।


