काठमाण्डौं । ख्यालठट्टाको नाममा सर्वसाधरण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको भन्दै झापा विर्तामोड नगरपालिका ४ आदर्शटोल घरभई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको छ ।
सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा वा मस्करी (प्राङ्क)को नाममा सर्वसाधरणलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलापहरू समेटेर तयार गरेको गोप्य भिडियो नेपाली प्राङ्क नामक युट्युब च्यानलमा राख्ने गरेको गुनासोका आधारमा आकाशलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका आकाश उपर जिल्ला अदालत काठमाण्डौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।


