धादिङ । जिल्लाको मरौटीमा नयाँ बाटो खन्ने क्रममा माटोले जेसिबि पुरीदा अपरेटरको मृत्यु भएको छ ।
गंगाजमुना गाउँपालिका ५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा जेसिबि अपरेटर सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरीको मंगलबार दिउँसो मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।
जेसिबि पुरिदा अपरेटरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।


