काठमाण्डौं । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई २४ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इचङ्गुनारायण नगरपालिका २ ठूलोभर्याङ बस्ने संखुवासभा मकालु गाउँपालिका १ स्थायी घर भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पा भएको प्रहरीले जनाएको छ ।
उनीउपर जिल्ला अदालत संखुवासभाबाट २०६१ चैत १० गते ५ वर्ष कैद र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाण्डौंको ठूलोभर्याङमा फेला पारी पक्राउ गरेको हो ।
उनलाई २०५४ पुस १८ गते राति मकालु गाउँपालिकास्थित चत्वेक भन्ने स्थानमा पीडित महिला एक्लै आउँदै गरेको फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाण्डौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।


