पोखरा । यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट नगद १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा डोटी साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
आफूलाई यूएनको ईन्जिनियर भएको बताउने दिनेशले विभिन्न मितिमा विभिन्न ब्यत्तीबाट पोखरामा रकम उठाएर फरार भएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा रुपन्देहीको बुटवल उपमहानगरपालिका ९ मिलनचोकमा पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेको सिंहका सम्बन्धमा कास्की प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


