दाङ । लमही नगरपालिका ५ रातोडाँडाबाट १ थान चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका ५ महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका ११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला सहित पारेको दाङ प्रहरीले जनाएको छ ।
दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।


