काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ६८० जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ७ हजार ९५ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ६८० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये ४ हजार २५६ जनाको पिसिआर गर्दा ४९८ जना र २ हजार ८३९ जनाको एन्टिजेन परिक्षण गर्दा १८२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ११ हजार ८९८ जना पुगेको छ ।
मंगलबार नै देशैभर थप १ हजार ८३५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ४२ हजार ७३७ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये २ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर १९ हजार ४०० जना सक्रिय संक्रमत रहेका छन् ।



