काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंलगबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ७ हजार ९०५ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले मंगलबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४ हजार १८८ जना, भक्तपुरमा १ हजार ११३ जना र ललितपुरमा २ हजार ६०४ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या घटेर १९ हजार ४०० जनामा झरेको छ ।



