काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७४७ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार ८९६ जनाको नमूना परिक्षणका क्रममा सोमबार थप ७४७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ६ हजार २७९ जनाको पिसिआर गर्दा ४८२ जना र २ हजार ४१७ जनाको एन्टिजेन परिक्षण गर्दा २६५ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ११ हजार २१८ जना पुगेको छ ।
सोमबार नै देशैभर थप २ हजार ३१९ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ४० हजार ९०२ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ८ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९०० जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर २० हजार ७३९ जना सक्रिय संक्रमत रहेका छन् ।





















