काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ८ हजार ८०१ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ४ हजार ९०१ जना, भक्तपुरमा १ हजार १९० जना र ललितपुरमा २ हजार ७१० जना संक्रमित रहेका छन् ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या घटेर २७ हजार ४४१ जनामा झरेको छ ।





















