झापा । भद्रपुरको लाहुरे चाोकमा आफ्नै श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गर्ने १ युवकले प्रहरीमा आत्मा समर्पण गरेका छन् ।
भद्रपुर नगरपालिका १ लाहुरे चोक बस्ने ३४ वर्षीया अनिता लिम्बुलाई चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेका ३४ वर्षीय अमरबहादुर तामाङले प्रहरीमा आत्मा समर्पण गरेका हुन् ।
मोबाइल बिगारेको बिषयमा विवाद हुदाँ अमरले आफ्नै श्रीमतीलाई चक्कु र ढुङ्गाले हानी हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा पुगेर आत्मा समर्पण गरेको झापा प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको बिषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।


