मोरङ । आफ्नै ७० वर्षीया आमाको हत्या गरेको आरोपमा उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिवादको क्रममा ७० बर्षिया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले गंगाप्रसादलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।


