काठमाण्डौं । स्पेनिस ला–लिगा अन्तर्गत आज बिहान सम्पन्न खेलमा घरेलु टोली सेभियाले इल्चेमाथि २–० को सहज जित हात पारेको छ ।
रोमन सान्चेज पिजुवानमा सेभियालाई जित दिलाउन एलेसान्द्रो गोमेज र राफा मिरले १–१ गोल गरेका थिए ।
खेलको ७० औँ मिनेटमा गोमेजको गोलमार्फत् सेभियाले अग्रता लिएको थियो । ७५ औँ मिनेटमा मिरले गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए ।
जितसँगै २४ खेलमा ५० अंक जोडेको सेभिया दोस्रो स्थानमा छ ।



