दाङ । तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोडिङ चोक नजिकमा रहेको बक्सबहादुर केसीको घरमा रहेको ईरम जुत्ता चप्पल पसलमा गएराति आगलागी हुँदा ५ जनाको घटना स्थलमा नै मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने हुसेन बक्सको जुत्ता पसलमा बिद्युत सर्ट भएर आगलागी हुदा हुसेन बकसको छोराहरु १५ वर्षीय हर्सन बकस, १६ वर्षीय मसिम बकस, सोही ठाउँ बस्ने ४२ वर्षीय नजरदिन अली, उनकै छोरा ६ वर्षीय आदिददिन अली र उनकै छोरी १४ वर्षीया सुजिता खातुनको मृत्यु भएको हो ।
आगलागीको खबर प्राप्त हुनासाथ नेपाली सेना, ईलाका प्रहरी कार्यालय तुलसीपुर, सशस्त्र प्रहरी बल, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको भएता पनि पाँचै जना मृत्त अवस्थामा भेटिएको दाङ प्रहरीले जनाएको छ ।


