मोरङ । सुनवर्षी नगरपालिका ९ भेडुवाथानमा चिया पसल गरी बस्ने सोही नगरपालिका ९ चन्दनखाँडी घर भएका सन्तोष कुमार दासको छोरा ३ वर्षीय खेम दासको सेफ्टी ट्याङकीमा डुबेर आज दिउँसो मृत्यु भएको छ ।
नजिकै रहेको बिपि आधारभूत विद्यालयको ट्वाईलेटको सेफ्टी ट्याङकीमा डुबेर असक्त भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


