काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ११ हजार ५४३ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ६ हजार ६६९ जना, भक्तपुरमा १ हजार ४२६ जना र ललितपुरमा ३ हजार ४४८ जना संक्रमित रहेका छन् ।
नेपालमा बिहीबारसम्म सक्रिय संक्रमितको संख्या घटेर २७ हजार ४४१ जनामा झरेको छ ।



