बर्दिया । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बासगढी नगरपालिका ४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
रोकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


