काठमाण्डौं । दक्षिणकाली नगरपालिका ५ स्थित फर्पिङबाट ३ किलो चाँदी सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डल भएको प्रहरीले जनाएको छ ।
वीरगञ्जबाट काठमाण्डौं आउँदै गरेको ना. १ ज ६२५३ नम्बरको टाटा सुमोलाई प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा सुमोमा सवार मण्डलले उक्त परिमाणको चाँदी लुकाई ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
मण्डललाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।


