तनहुँ । आबुँखैरेनी गाउँपालिका ४ को बेनिटारबाट नियन्त्रित लागूऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा म्याग्दी अन्नपूर्ण गाउँपालिका ९ बस्ने १९ वर्षीय रन्जन अली र म्याग्दी बेनी नगरपालिका(५ बस्ने २२ वर्षीय शिशिर बोहोरा (सार्की) रहेको तनहुँ प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनाबाट २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम र २५ एम्पुल फेनारगन बराम गरेको प्रहरीले जनाएको छ ।
बेनिटारस्थित सडकमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्नेक्रममा प्र. ३–०१–००१ प १६३१ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


