काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ५७० जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ११ हजार ३६५ जनाको नमूना परिक्षणका क्रममा सोमतबार थप १ हजार ५७० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
सोमबार संक्रमण देखिएका मध्ये ७ हजार ८७४ जनाको पिसिआर गर्दा १ हजार २२ जना र ३ हजार ४९१ जनाको एन्टिजेन परिक्षण गर्दा ५४८ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख २ हजार २५९ जना पुगेको छ ।
सोमबार नै देशैभर थप ६ हजार १४६ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १३ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४० हजार १११ जना सक्रिय संक्रमत रहेका छन् ।



