काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै १९ हजार १०४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले सोमबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ९ हजार ३९३ जना, भक्तपुरमा २ हजार ६७२ जना र ललितपुरमा ७ हजार ३६ जना संक्रमित रहेका छन् ।
यो बिचमा काठमाण्डौंमा ३ लाख १९ हजार ९०० जना, भक्तपुरमा ३४ हजार ७०३ जना र ललितपुरमा ५६ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टी भईसकेको छ ।
नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ४० हजार १११ जनामा झरेको छ ।



