काठमाण्डौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचन आयोगले १ चरणमा गर्ने भए वैशाख १४ र २ चरणमा गर्ने भए वैशाख १४ र २२ गतेको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गरेको थियो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिदै छ ।
जेठ ४ गते चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो ।




















