काठमाण्डौं । कोरोना महामारीको तेस्रो लहरको रोकथामका लागि एक महिनाअघि जारी भएका प्रतिबन्धात्मक आदेश खारेजीमा पुगेका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले विद्यालय सञ्चालनदेखि रात्रिकालीन व्यवसाय सञ्चालनका लागि सरकारलाई सिफारिस गरेको गरे संगै फागुनबाट सबै क्षेत्र खुल्ला हुन लागेको हो ।
प्रतिबन्ध पूर्ण रूपमा नहटे पनि लगभग सबै क्षेत्र आंशिकदेखि पूर्ण रूपमा खुला गर्ने गरी सरकारलाई सिसिएमसिसीले आइतबार सिफारिस गरेका छ । कोभिडको संक्रमणदर घटे संगै सबै क्षेत्रलाई खुकुलो पार्न विज्ञहरूबाट आएको सुझाव अनुसार नै खुकुलो पार्न सिफारीस गरिएको हो ।
सिसिमएसीको सिफारिसअनुसार उपत्यका जिल्ला प्रशासन कार्यालयले सोमबारबाट लागू हुने गरी यातायातमा जोर–बिजोर प्रणाली हटाइसकेको छ भने फागुन १ गतेबाट डान्सबार, दोहोरीलगायत रात्रिकालीन व्यवसाय राति १० बजेसम्म खुल्ने पाउने भएका छन् । त्यस्तै, हेल्थ क्लब, जिमखाना, फुटसल पनि स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।
विश्वविद्यालय, विद्यालयसहित शैक्षिक प्रतिष्ठान पनि १ फागुनबाट सञ्चालन गर्न सिसिएमसिसीले शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको गरेको छ ।


