काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ३८६ जनामा संक्रमण पुष्टी हुदा देशैभर सक्रिय संक्रमितको संख्या झरेर ४५ हजारमा आएको छ । देशको विभिन्न प्रयोगशालामा९८ हजार २५१ जनाको नमूना परिक्षणका क्रममा आइतबार थप १ हजार ३८६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आइतबार संक्रमण देखिएका मध्ये ६ हजार ४४३ जनाको पिसिआर गर्दा १ हजार १८३ जना र २ हजार ८०८ जनाको एन्टिजेन परिक्षण गर्दा २०३ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या ११ लाख ६८९ जना पुगेको छ ।
आइतबार नै देशैभर थप ८ हजार ७०४ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ९ हजार ३४३ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ११ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८१४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ४५ हजार २४८ जना सक्रिय संक्रमत रहेका छन् ।



