काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या क्रमश. घट्दै जान थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २१ हजार ८७९ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले आइतबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा ९ हजार ८५८ जना, भक्तपुरमा ३ हजार १६० जना र ललितपुरमा ८ हजार ८६१ जना संक्रमित रहेका छन् ।
नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ४५ हजार २४८ मा झरेको छ ।



