लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका ८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गएको जेठ महिना यतातादेखी आजसम्म साना ठूला गरेर १५० भन्दा बढी पटक भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आजको भूकम्पको धक्का जिल्लाको विभिन्न स्थानमा गरिएको स्थानीयवासीले बताएका छन् ।




















