काठमाण्डौं । गायन रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स नेपाल’को उपाधि झापा विर्तामोडकी कृपा पौडेलले जितेकी छिन् ।
शनिबार राती भएको ग्राण्ड फिनालेमा कृपाले सबैभन्दा बढी भोट ल्याउँदै विजेता घोषित भएकी हुन् । १४ वर्षीया कृपाले उपाधिसँगै १६ लाख नगद हात पार्न सफल भईन ।
सारेगामापाको फस्ट रनर अफ रोशा फुयाँल र सेकेन्ड रनर अप आदित्य विश्वकर्मा भएका छन् ।
टप फाइनालिस्टमा कृपा, रोशा र आदित्यसँगै अभिज्ञा घिमिरे र अरुण सुनार परेका थिए ।


