काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप १ हजार ७१४ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ८ हजार ५१३ जनाको नमूना परिक्षणका क्रममा थप १ हजार ७१४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शनिबार संक्रमण देखिएका मध्ये ५ हजार २२५ जनाको पिसिआर गर्दा १ हजार १०३ जना र ३ हजार २८८ जनाको एन्टिजेन परिक्षण गर्दा ६११ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या १० लाख ९९ हजार ३०३ जना पुगेको छ ।
शनिबार नै देशैभर थप ४ हजार ७७१ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ९ लाख ६३९ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ९ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८०३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५२ हजार ७८० जना सक्रिय संक्रमत रहेका छन् ।





















