काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै २५ हजार ९९५ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले शनिबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा १३ हजार ८६, भक्तपुरमा ३ हजार ५८३ जना र ललितपुरमा ९ हजार ३२६ जना संक्रमित रहेका छन् ।
नेपालमा शनिबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ५२ हजार ७८० मा झरेको छ ।



