कपिलवस्तु । यसोधरा गाउँपालिका ८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रहिसुनकै श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाट रहेको कपिलबस्तु प्रहरीले जनाएको छ ।
दुवै जना मिली रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले गहन अनुसन्धान भई रहेको जनाएको छ ।


