काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप २ हजार ५२६ जनामा संक्रमण पुष्टी भएको छ । देशको विभिन्न प्रयोगशालामा ११ हजार ७३ जनाको नमूना परिक्षणका क्रममा थप २ हजार ५२६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
शुक्रबार संक्रमण देखिएका मध्ये ६ हजार ६५५ जनाको पिसिआर गर्दा १ हजार ६०२ जना र ४ हजार ४१८ जनाको एन्टिजेन परिक्षण गर्दा ९२४ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमित हुनेको संख्या १० लाख ९७ हजार ५८९ जना पुगेको छ ।
शुक्रबार नै देशैभर थप ८ हजार ४२५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ९५ हजार ८६८ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १६ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७९४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर ५६ हजार ४५७ जना सक्रिय संक्रमत रहेका छन् ।



