मोरङ । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका ५ बाँसबारी बस्ने ५३ वर्षीय रामदेव चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको जनाएको छ ।




















