काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज देशभर ३ हजार ६३७ जनामा संक्रमण पुष्टी भएको छ । देशैभर ११ह जार ५८२ जनाको नमूना परिक्षण गर्दा थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेकोे हो ।
बुधबार संक्रमण देखिएका मध्ये ६ हजार ४९ जनाको पिसिआर परिक्षणमा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टिजेन परिक्षणमा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमितहरुको संख्या १० लाख ९२ हजार ८८८ जना पुगेको छ ।
बुधबार नै थप ७ हजार ५५५ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ७८ हजार ७२० जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये १२ जनाको ज्यान गएको छ । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७६४ जना पुगेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ जनामा झरेको छ ।



