काठमाण्डौं । उपत्यकाको ३ जिल्लामा मात्रै सक्रिय संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा मात्रै ४० हजार ९२१ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको कोरोना चार्ट अनुसार काठमाण्डौंमा २६ हजार ५३५, भक्तपुरमा ४ हजार ९८५ जना र ललितपुरमा ९ हजार ४०१ जना संक्रमित रहेका छन् ।
नेपालमा मंगलबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ६९ हजार २९१ मा झरेको छ ।





















