मोरङ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका ६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
लुईटेललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरी कार्यालय बिराटनगर जनाएको छ ।




















