काठमाण्डौँ । नेपाली इतिहासमै पेट्रोलको मूल्य उच्च भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा बुधबार बिहानदेखी लागु हुने गरी प्रतिलिटर ३–३ रुपैयाँ बढाएको छ ।
योसंगै अब प्रतिलिटर पेट्रोल १४२, डिजेल र मट्टीतेल १२५ रुपैयाँ पुगेको छ । इन्धनमा यो मूल्यवृद्धिमा इतिहासकै सर्वाधिक हो ।
२०७० फागुन ३० मा पेट्रोल प्रतिलिटर १४० रुपैयाँ पुगेको थियो । तर त्यसपछि मूल्य घटेर २०७३ साउनमा प्रतिलिटर ९७ रुपैयाँसम्म भएको थियो भने २०७६ चैतमा प्रतिलिटर ९६ रुपैयाँ पुगेको थियो । त्यसयता बढ्न थालेको मूल्य उपभोक्तालाई राहत हुने गरी घटेको छैन ।




















