काठमाण्डौं । नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज देशैभर ५ हजार ५८३ जनामा संक्रमण पुष्टी भएको छ । विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ६७४ जनाको नमूना परिक्षणका क्रममा मंगलबार थप ५ हजार ५८३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मंगलबार संक्रमण देखिएका मध्ये १० हजार ७७६ जनाको पीसीआर गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टिजेन परिक्षण गर्दा १ हजार ९२६ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमितहरुको कुल संख्या १० लाख ८८ हजार २५१ जना पुगेको छ ।
आजै थप ८ हजार २६७ जनाले कोरोना जित्न सफल भएका छन् । योसंगै कोरोना जित्नेको संख्या ८ लाख ७१ हजार १६५ जना पुगेका छन् ।
त्यस्तै गरी, पछिल्लो २४ घण्टामा संक्रमित मध्ये ९ जनाले ज्यान गुमाएका छन् । योसंगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७५२ जना पुगेको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ७४ हजार ६५३ जना रहेको छ ।



